प्रदेश जनस्वास्थ्य कार्यालय मनाङको वार्षिक स्वीकृत कार्यक्रम "Pregnancy Registration and Tracking Program (गर्भवती दर्ता तथा अनुगमन कार्यक्रम) सम्बन्धी छुटेका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम" मिति २०८१/१०/१२ गतेका दिन सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्षता कार्यालय प्रमुख रबिना ठगुन्नाले गर्नुभएको थियो भने सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालय मनाङका परिवार नियोजन सुपरभाईजर निरिक्षक विर बहादुर श्रेष्ठ र चामे स्वास्थ्य चौकीका प्रमुख सवराज देवकोटाले गर्नुभएको थियो। कार्यक्रममा चामे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख र विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी गरेर २४ जना काे उपस्थिति थियो। मनाङ जिल्लाका सम्पुर्ण गर्भवती महिलाहरुलाई तथा १२ देखि ४९ वर्षसम्मका महिला र ५ वर्ष मुनिका बालबालिकाको मृत्युलाई पनि PRTP App मार्फत रजिष्टर गर्ने प्रतिबद्धता सहित कार्यक्रम समापन भएको छ।