२०८२ कार्तिक १६ गते , शनिबार इमेल: dhomanang@gmail.com फोन: 9846031299
प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक स्वास्थ्य निर्देशनालय प्रदेश जनस्वास्थ्य कार्यालय मनाङ, गण्डकी प्रदेश, नेपाल

प्रदेश जनस्वास्थ्य कार्यालय चामे, मनाङको वार्षिक स्वीकृत कार्यक्रम "स्वास्थ्यकर्मीहरुका लागि आँखा, नाक, कान, घाटी तथा मुख स्वास्थ्य सम्वन्धि प्राथमिक उपचार बारे अभिमुखीकरण" कार्यक्रम मिति २०८१/१०/०९ गते देखि ११ गतेका सम्म कार्यालयका प्रमुख रबिना ठगुन्नाको अध्यक्षतामा सम्पन्न भएको छ। अभिमुखीकरण कार्यक्रममा प्रदेश अस्पताल मनाङका मेडिकल अधिकृतहरु डा आयुष अधिकारी, डा प्रतिक बराल र डा सजीव बास्तोला, अस्पतालका अहेव सुनिल विश्वकर्मा र चामे स्वास्थ्य चौकीका प्रमुख सवराज देवकोटाले सहजीकरण गर्नुहुनेछ। कार्यक्रममा विभिन्न पालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरु उपस्थित हुनुह्न्छ भने उक्त कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरिक्षक राजेन्द्र श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मन्तव्य परिवार नियोजन सुपरभाईजर निरिक्षक विर बहादुर श्रेष्ठले गर्नुभएको थियो।