सक्षिप्त परिचय

हाम्रो वारेमा
नेपाल संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि तीन तहको शासन व्यवस्था रहने प्रावधान अनुरुप गण्डकी प्रदेशकाका जिल्लाहरुमा प्रदेश र स्थानीय तहसंग समन्वय गर्दै तोकिए वमोजिम स्वास्थ्य सम्बन्धी गतिविधिहरु सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यले प्रदेश तहको स्वास्थ्य कार्यालय स्थापना गर्ने निर्णय भए वमोजिम प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहतको कार्यालयको रुपमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य कार्यालयहरु स्थापना भएका छन् । सोही वमोजिम मनाङ जिल्लामा देहायको भूमिका र जिम्मेवारी वहन गर्ने गरी स्वास्थ्य कार्यालय, मनाङको स्थापना भएको छ।
भूमिका तथा जिम्मेवारी
  • योजना वमोजिम खोप, अत्याबश्यक औषधि तथा स्वास्थ्य सामाग्रीहरुको भण्डारन तथा वितरण।
  • प्रादेशिक विशेष एवं नियमित स्वास्थ्य कार्यक्रमहरु (खोप, पोषण,  परिवार नियोजन, मातृशिशु स्वास्थ्य, क्षयरोग तथा कुष्ठरोग नियन्त्रण, सामाजिक सुरक्षा, विमा, बिशेषज्ञ स्वास्थ्य शिविर लगायत हात्तिपाईलेआदि) को सञ्चालन तथा समन्वय र सहजिकरण।
  • जनस्वास्थ्य विपद तथा महामारी व्यवस्थापनमा सहजिकरण र समन्वय।
  • विविध जनस्वास्थ्य अभियान सञ्चालन।
  • एकिकृत स्वास्थ्य सूचना विश्लेषण, पृष्ठपोषण तथा योजना।
  • स्वास्थ्य सेवाको पहुँच बृद्धिका लागि आवश्यक योजना तथा स्थानीय सरकार र स्वास्थ्य निकायहरु वीच समन्वय।
  • सरकारी नीजि तथा सहकारी स्वास्थ्य संस्थाहरु सुपरिवेक्षण अनुगमन नियमन तथा गुणस्तर सम्बन्धी कार्य।
  • स्वास्थ्य संस्था तथा स्वास्थ्य जनशक्तिको प्राविधिक क्षमता अभिबृद्धि।
  • बातावरणीय स्वास्थ्य, खानेपानी, सरसफाई, पेशागत स्वास्थ्य प्रबर्द्धन एवं व्यवस्थापन सम्बन्धी कार्य।
  • जनसंख्या व्यवस्थापन सम्बन्धी कार्य ।
  • प्रदेश सरकारवाट समय समयमा तोकिएका कार्य।
  • बहुक्षेत्रीय समन्वय र सहजिकरण ।